अरुण कुमार नेपाली
१ असार २०८० शुक्रबार
दाङ—वर्षैदेखि अलपत्र दामोदर सडक खण्ड अन्तर्गत पर्ने अकमी रनियापुर जोड्ने पक्की सडक बन्ने भएको छ।
जसका लागि संघीय सरकारले २५ लाख बजेट विनियोजन गरेको छ ।तुलसीपुर उपमहानगरपालिकाका दुई वडा १३ र १४ नम्बरलाई जोड्ने उक्त सडक विगतमा कसैको प्राथमिकतामा नपर्दा अलपत्र थियो ।पटक पटक ट्रयाक खोलेर साना गाडी चल्ने बनाइए पनि वर्षायाममा भने उक्त सडक पूर्ण रुपमा बन्द हुदै आइरहेको छ ।
जसका कारण स्थानीयले निकै सास्ती खेप्दै आईरहेका छन । संघीय सरकारको क्रमागत बजेट मार्फत सडकलाई पूर्ण रुपमा पक्की (कालोपत्रे) बनाइने छ ।दुई वडालाई जोड्ने करिब ४ किलोमिटर सडक पक्की बन्ने भएपछि त्यहाँका स्थानीय खुशी भएका छन् ।‘तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ कि निर्मला नेपालीले भनिन् यो सडक पक्की बन्ने खबरले निकै खुशी लागेको छ,’अब केही हुन्छ कि भन्ने आशा जागेको छ।’
कुनै समय निकै चल्तीमा रहेको सो सडक राप्ती राजमार्ग सञ्चालनमा आए पश्चात ओझेलमा परेको थियो ।धेरै सरकार आए गए कसैले प्राथमिकता नदिदा वर्षौसम्म सडक अलपत्र बन्न पुग्यो ।
सडक निर्माणको विषयलाई लिएर जनगुनासो बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिका १३ नं.का वडाध्यक्ष मोहन पौडेलले सक्रियता देखाएका थिए ।फलतः संघीय सरकारबाट बजेट विनियोजन हुन पुग्यो ।‘अकमी रनियापुरलाई जोड्ने पक्की सडक निर्माणका लागि संघीय सरकारबाट बजेट विनियोजन हुनु गौरवको कुरा हो’,अध्यक्ष पौडेलले भने,फूलवारीबासीलाई विकासको अनभूति दिलाउन वडा सरकार सधै प्रत्यनशिल रहनेछ।’
वडाध्यक्ष पौडेलले आफ्नो निकै लामोे प्रयासले उक्त सडक निर्माणका लागि बजेट पार्न सफल भएको बताए ।‘उनले भने,निकै लामो कसरत गरेर बजेट पार्न सफल भएका छौ,’बजेटको सदुपयोग गदै प्रतिफल दिने गरी काम गर्ने छौ।’
उनले विगतका नेतृत्वले अलपत्र पारेका विकासका कामहरु आफ्नो कार्यकालमा पुरा गर्ने बताए । अध्यक्ष पौडेलले निर्माण पश्चात दुई वडा १३ र १४ नम्बरलाई मात्र नभई सिंगो दाङलाई नै सडकले जोड्ने बताए । जिल्लाको कान्छो उपत्यकाले चिनिने तुलसीपुर १३ को तुही उपत्यका र ठुलो दाङ उपत्यकामा पर्ने तुलसीपुर १४ नम्बर वडाका नागरिक सडक बनेमा बढी लाभान्वित हुने छन्।