
काठमाडौं । तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जमिन हडपेको विषयमा अख्तियारले छानबिन अघि नबढाएपछि सीआइबीले सक्रियता बढाएको छ ।
देशकै ठूलोमध्येको एक औद्योगिक-व्यापारिक घराना चौधरी ग्रूप (सीजी)का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरीको प्रत्यक्ष संलग्नता देखिएपछि अख्तियार ‘ब्याक’ भएको थियो ।

अनुसन्धान सुरू गरेको १५ महिना पूरा भइसक्दा पनि अख्तियार नतातेपछि बिहीबार सीआइबीले अरुण चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका अरुण चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।
अनुसन्धान सुरू गरेको १५ महिना पूरा भइसक्दा पनि अख्तियार नतातेपछि बिहीबार सीआइबीले अरुण चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका अरुण चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ,।

यो विषयमा अख्तियारमा उजुरी परेको थियो । तर, अख्तियारले खासै चासो नदेखाएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
नेकपा एमाले हुँदै कांग्रेसमा पसेर संविधानसभा सदस्य र सांसद बनेका विनोद चौधरी अध्यक्ष रहेको सीजी ग्रूपले बाँसबारीमा चाँदबाग स्कूल चलाइरहेको छ । त्यो १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाको हो ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रूपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे विभिन्न सञ्चारमाध्यमहरूमा खबर आएका छन् ।
यही प्रकरणमा अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उद्योगी/व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको हो । त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा कसरी पुग्यो भन्नेबारे पत्ता लगाउनै कठिन छ ।
किनकि त्यससम्बन्धी महत्त्वपूर्ण कागजात नै गायब पारिएका छ । यसको लागि मालपोतदेखि नापिसम्मका धेरै कागजात गायक पारिएको सीआईबीले जनाएको छ ।
अख्तियारका एक अनुसन्धान अधिकृतले भने मुलुककै ठूलो व्यापारिक घरानासँग जोडिएको विषय भएको र सरकारमा रहेको ठूलो दलका सांसद जोडिएकाले अनुसन्धानबाट पछि हटेको बताएका छन् ।
