माघ २९,२०८१ मंगलबार
रोल्पा।रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा रुण्टीगढी गाउँपालिका–२ धारापानीका ६५ वर्षिय इन्द्र घर्ती रहेको प्रहरीले जानकारी दिएको छ।
मंगलबार दिउँसो होलेरीबाट धारापानीतर्फ जाँदै गरेको रा १ ह ५४९१ नम्बरको अटो सुर्पाल–लिवाङ सडकखण्ड अन्तर्गत रुण्टीगढी गाउँपालिका–२ लामीडाँडामा अनियन्त्रित भइ दुर्घटना भएको थियो।दुर्घटनामा परी सुनिलस्मृति गाउँपालिका–२ का ६२ वर्षिय मान बहादुर परियार, वडा नम्बर १ का ३८ वर्षिय मनराज नेपाली घाईते भएका छन।घाईते दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।