२०८१ जेठ २७ गते आइतबार
दाङ । अत्यधिक रक्तश्रावका कारण दाङमा एक जना सुत्केरीको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेस्थित बर्ष २७ की सुत्केरी सर्मिला बिकको अत्यधिक रक्तश्राव हुँदा ज्यान गएको हो ।
सोही वडाको पवननगर स्थित स्वास्थ्य चौकीमा बिक सुत्केरी भएकी सर्मिलालाई धेरै रगत बग्न थालेपछि उपचारका लागि तुलसीपुर प्रादेशिक अस्पतालमा पुराइएको थियो ।अस्तपताल ल्याउँदासम्म उनको ६ सय भन्दा धेरै एमएल रगत बगिसकेको थियो । जसका कारण सर्मिला बेहोस अवस्थामा पुगिसकेको स्त्री रोग विशेषज्ञ डाक्टर बिनोद सिंहले बताउनु भयो ।जटिल अवस्थालाई मध्यनजर गर्दै सर्मिलालाई आइसियूमा राखेर उपचार गर्नु पर्ने भएपनि प्रादेशिक अस्पतालमा आइसियू नभएका कारण उनलाई थप उपचारका लागि घोराही राप्ती स्वास्थ्य प्रतिष्ठानमा रेफर गरिएको थियो ।
सर्मिलाको राती ९ बजे नै उपचारका क्रममा मृत्यु घोषणा अस्पतालले गरेको आफन्तीले जानकारी दिए ।यस अघि सर्मिलाले छोरीलाई जन्म दिएकी थिइन । छोरी अहिले ३ बर्षकी भएकी छन । यो पटक सर्मिलाले छोरालाई जन्म दिएकी छन ।शिशुको भने अवस्था सामान्य रहेको छ ।