NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

अन्तरिक्षमा चीनको फड्को

३ वर्ष अगाडि
विज्ञान
Reading Time: 1 min read
A A
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कुनै समय चिनियाँ नेता माओत्से तुङले ‘एउटा आलु पनि अन्तरिक्षमा पुग्न नसक्नेले कसरी विश्व शक्ति बन्छ’ भनेका थिए । माओको उक्त आक्रोशपूर्ण कटाक्षले चीनले मिसाइल र आणविक कार्यक्रमलाई बढुवा गरेको मानिन्छ । सन् १९९९ मा उसले पहिलो पटक अन्तरिक्षमा मानवरहित आफ्नो यान पठायो ।

चिनियाँ अन्तरिक्ष कार्यक्रममार्फत सन् २००३ मा पहिलो पटक आँफै अन्तरिक्षयात्री बनाउने तेस्रो मुलुक बन्यो । अमेरिका र रसियापछि अन्तरिक्षमा आफ्नै भू-भागबाट अन्तरिक्ष यात्री पठाउने पहिलो मुलुक बन्यो ।

सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएको चीनले यो वर्ष आफ्नो छुट्टै अन्तरिक्ष यान पृथ्वीको तल्लो कक्षमा निर्माण सम्पन्न गर्दै छ ।

चीनले बनाइरहेको ‘ट्येन्गुङ’ अन्तरिक्ष केन्द्रमा तीनजना ‘टाइकानट्स (चिनियाँ अन्तरिक्षयात्री)’ बुधबार पुगे । गत मंगलबार राति ११ बजेर ८ मिनेटमा गोबी मरुभूमिमा रहेको जीक्वान स्टेलाइट लन्च सेन्टरबाट उनीहरुलाई त्यहाँ पठाइएको थियो ।

लन्च भएको करिब ६ घन्टापछि उनीहरुको यान ट्येन्गुङ केन्द्रमा जोडिएको(डक) भएको थियो । छेन्झोए-१५ मिसन अन्तर्गत उनीहरु त्यहाँ पुगेका हुन् । छेन्झोए-१४का अन्तरिक्ष यात्रीहरुलाई पालो दिनका लागि उनीहरु त्यहाँ पुगेका हुन् । करिब ६ महिना यी टाइकनट्स अन्तरिक्ष केन्द्रमा बिताउँदैछन् ।

छेन्झोए-१४ र १५ मिसनका गरी ६ अहिले ‘ट्येुन्गुङ’ केन्द्रमा छन् । छेन्झोए-१४का अन्तरिक्षयात्रीहरु केही सातापछि फर्किने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरुले बुधबार केन्द्रमा पुगेका अन्तरिक्षयात्रीहरुलाई केही काम सिकाउने छन् । यस्तै, उनीहरुको यो बसाईंले केन्द्रमा ६ जना अन्तरिक्षयात्री राख्ने क्षमता परीक्षण समेत हुनेछ ।

अन्तरिक्ष केन्द्रमा रहने टाइकानट्सहरूले हजारभन्दा बढी वैज्ञानिक परीक्षण गर्ने छन् । त्यहाँ उनीहरुले अन्तरिक्षमा वनस्पति कसरी अनुकूलन हुन सक्छन् र माइक्रो ग्राभिटीमा फ्ल्युड्सहरु कसरी काम गर्छन् भन्नेमा केन्द्रीत हुनेछ । यी अन्तरिक्षयात्रीहरु अंग्रेजी अक्षरको ‘टी’ आकारको स्पेस आउटपोस्टमा ६ महिनासम्म रहनेछन् ।

चिनियाँ अन्तरिक्ष यात्रीको यो मिसनसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पछि चिनियाँ स्पेस स्टेसनमा आलोपालो गरेर एकैपटक ६ जना रहेको यो पहिलो घटना हो ।

यो मिसनको नेतृत्व फेई जुनलङले नेतृत्व गरेका छन् । ५७ वर्षीय यी अन्तरिक्षयात्रीले सन् २००५ को छेन्झोउ-६ मिसनको कमान्ड सम्हालेका थिए । यो उनको पहिलो अन्तरिक्ष यात्रा हो ।

अहिले पृथ्वीको तल्लो अर्बिटमा चिनियाँ अन्तरिक्ष केन्द्र र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् । दुवैमा अन्तरिक्षयात्रीहरू विभिन्न वैज्ञानिक प्रयोग गरिरहेका छन् ।

छेन्झोए-१५ मिसन अन्तरिक्ष केन्द्र बनाउनका लागि पठाइएको अन्तिम क्रिउ मिसन हो । त्यसअघि विभिन्न ११ वटा मिसन र ३ वटा मिसनमा अन्तरिक्षयात्रीहरु थिए । केन्द्र निर्माणका लागि सन् २०२१मा पहिलो अन्तरिक्ष मिसन भएको थियो ।

अघिल्लो पोस्ट

विश्वकपमा आज पनि चार खेल हुँदै

अर्को पोस्ट

पोर्चुगल बिरुद्ध शनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा प्रवेश

सम्बन्धित पोस्टहरू

लुम्बिनी प्रदेश

लागुऔषध दुव्र्यसनी र बालविवाह न्यूनिकरण गर्न वडा कार्यालयको पहल

३ वर्ष अगाडि
38
Next Post

पोर्चुगल बिरुद्ध शनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा प्रवेश

समानुपातिकतर्फको मतगणना आज सकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!