नेपालगंज-असोज १७/ प्रदिप गुप्ता
नेपालगंजका सामाजीक अभियान्ता बालअधिकारकर्मी साहील अन्सारीले सुरु गरेको हरेक युवाको हातमा सबिधानको अभियानमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले पूर्ण समर्थन गर्ने प्रतिबद्दता जनाउनु भएको छ।
मन्त्री राईले आज विजयदशमीको शुभकामना व्यक्त गर्दै यस्तो बताउनु भएको छ नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सहितको सबिधान र सो सबिधानले व्यवस्था गरेको मौलिक हकको बारेमा हरेक युवाले थाहा पाउनु पर्छ भन्दै यस अभियानका लागि व्यक्तिगत तथा राजनीतिक दलको तर्फ बाट पूर्ण सहयोग र गर्ने जिकिर गर्नु भयो।
मन्त्री राई ले आफ्नो अभियानमा प्रतिबद्दता जनाएको भन्दै अधिकारकर्मी अन्सारीले खुशी व्यक्त गर्दै यसका लागि निरन्तर सहकार्य समन्वय गर्ने समेत बताए।