माघ २९,२०७९ आइतबार
नेपालगंज—बालअधिकारकर्मी साहिल अन्सारीले युवाको हातमा संविधानको किताब अभियान सुरु गर्ने भएका छन् ।युवाहरुलाई संविधानको अपनत्व गराउन अभियान सञ्चालन गर्न लागिएको अन्सारीले बताए ।
नेपालको संविधानमा उल्लेख गरिएका मौलिक हकअधिकार,कानून र व्यवस्थाको बारेमा जानकारी गराउन अभियान सञ्चालन गर्न लागेको उनले बताए । अभियानको केही दिनमै पत्रकार सम्मेलन मार्फत जानकारी गराउने अन्सारीले बताए ।
संविधानले थुप्रै कुराको ग्यारेन्टी गरे पनि त्यसको बारेमा धेरैलाई थाहा नभएकाले एकपटक सबैलाई संविधान पढ्न समेत अन्सारीले आग्रह गरेका छन् । लामो समयदेखि बाल अधिकारकर्मीको रुपमा काम गर्दै आएका अन्सारी हाल नयाँ सरोकारको सह—सम्पादक समेत हुन् ।
कानुन थाहा पाउन सबैले संविधान पढ्नु पर्छः डिआईजी राई
लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआईजी)टेक प्रसाद राईले देशको कानुन जान्न सबैले एक पटक नेपालको संविधान पढ्नु पर्ने बताएका छन् । बालअधिकारकर्मी साहिल अन्सारीले सञ्चालन गर्न लागेको युवाको हातमा संविधानको किताब नामक अभियानलाई ऐक्यबद्धता जनाउदै प्रहरी प्रमुख राईले संविधानले ग्यारेन्टी गरेका नागरिक अधिकार,कानुन र मौलिक हकअधिकारको बारेमा जानकारी हाँसिल गर्न सबैले संविधान पढ्नु पर्ने बताए ।
उनले अन्सारीले थालनी गर्न लागेको अभियानको प्रशंसा गर्दै उक्त अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धा समेत जनाए ।सो अवसरमा बालअधिकारकर्मी अन्सारीले प्रहरी प्रमुख राईलाई धन्यावाद ज्ञापन गरेका थिए ।