अरुण कुमार नेपाली
पौष १४,२०७९ बिहिबार
दाङ—शिक्षाविद् डा.विद्यानाथा कोइरालाले अबको शिक्षा संसार जोड्ने खालको हुनु पर्ने बताएका छन् । बिहिबार तुलसीपुर उपमहानगरपालिका सहित ८ वटा सामुदायिक विद्यालयको संयूक्त आयोजना र ‘टिचफर’ नेपालको प्राविधिक सहयोगमा मा.वि.कालाखोमा सञ्चालित एक दिने सुनाखरी सिकाइ मेलाको उद्घाटन गर्दै शिक्षाविद् कोइरालाले अन्तराष्ट्रिय जगतको जनशक्ति उत्पादन गर्न पुरातन शिक्षण सिकाइ विधिलाई परिमार्जन गर्नु पर्ने बताए ।
‘उनी भन्छन,अबको पढाइले संसार जोड्नु पर्छ ।विद्यार्थीलाई स्थानीय कुराबाट राष्ट्रिय हुँदै अन्तराष्ट्रिय र अन्तराष्ट्रिय कुराबाट राष्ट्रिय हुँदै स्थानीय कुरामा जाऊ भन्ने तरिका अबलम्वन गर्न सकेमा हाम्रो विद्यार्थी अन्तराष्ट्रिय जतगतको बन्न सक्छ ।”
उनले अहिलेको शिक्षालाई जनवादी,बैज्ञानिक व्यवहारिक बनाउनु पर्ने समेत बताए । ‘यस्तो खालको शिक्षा लागु गर्न सर्वप्रथम चिन्तन हुन पर्छ,त्यो पनि सबैै भन्दा बढी चिन्तन शिक्षकमा हुनु पर्छ, किनकि पढाउने भनेकै शिक्षक हुन्,शिक्षकमा चिन्तन भएन भने जनवादी,बैज्ञानिक र व्यवहारिक शिक्षा हुन सक्दैन उनले भने ।’
शिक्षालाई उत्पादनसंग जोड्नु पर्ने बताउदै शिक्षाविद् डा. कोइरालाले उत्पादनमुखी शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताए ।शिक्षण सिकाइमा शिक्षक,अभिभावक,विद्यार्थी र पाठ्यपुस्तको तालमेल नमिलेकै कारण सिकाइमा समस्या भइरहेको उनले वताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले सुनारखरी सिकाइ मेला विद्यार्थीको सीप अभिवृद्धिमा महत्वपूर्ण हुने बताए । उनले तुलसीपुर नगरशिक्षालाई शैक्षिक ‘हब’को रुपमा विकास गरिने दाबी गरे । खड्काले अघि थपे,विद्यार्थीको सीप विकासका लागी अब नगरपालिकाले नेतृत्वदायी भुमिका खेल्नेछ ।”अहिलेको आवश्यकता भनेको आत्मनिर्भर शिक्षा हो,हरेक नागरीकले आफूमा भएकाले ज्ञान,सीप र दक्षतालाई भरपुर सदुपयोग गरी उत्पादनको कार्यमा लगाउन सकेमा सबै आत्म निर्भर हुन सक्ने उनको भनाई थियो । सोही कार्यक्रममा नगर शिक्षा प्रमुख चक्र बहादुर भण्डारीले सिकाइ मेला शिक्षण सिकाइको अर्को नयाँ पाठ भएको बताए । उनले यसबाट विद्यार्थीहरुमा खोज अनुसन्धान गर्ने बानीको विकासमा थप टेवा पु¥याउने समेत वताए । तुलसीपुरको शिक्षालाई उत्कृष्ट बनाउनको लागी आफूहरु निरन्तर लागिरहेको बताउदै उनले यस कार्यमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।