३० जेष्ठ २०८०, मंगलवार
काठमाण्डौ —युएईले आइसिसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यास खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको छ।
जिम्बावेको राजधानी हरारेमा मंगलबार भएको खेलमा युएईले जितका लागि नेपालले दिएको २७७ रनको लक्ष्य ७ विकेट गुमाएर भेट्टाएको हो।
नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्दै खेल जितेको हो। युएईको जितमा रोहन मुस्तफाले ७८ रनको अर्धशतकीय पारी खेले।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २७६ रन बनाएको थियो।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५७ रन बनाए। नेपालले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो। नेपालले पहिलो विकेटका रुपमा कुशल भूर्तेललाई व्यक्तिगत ३९ रनको स्कोरमा १९ औं ओभरको दोस्रो बलमा गुमायो।
कुशल मल्लले ४६ रन र आरिफ शेखले ३५ रन बनाए। सोमपाल कामीले १५ रन बनाए भने गुल्शन झा र दिपेन्द्रसिंह ऐरीले ८र८ रन बनाए।
नेपालले बिहीबार ओमानसँग दोस्रो अभ्यास खेल खेल्नेछ।