चैत १३,२०८१ मंगलबार
अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २४ जना घाइते भएका छन्।
शीतगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा घाइते भएकामध्ये अस्पताल पुर्याएका तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।
आज साँझ बेलुकी करिब ५ बजेतिर भएको दुर्घटनामा २०-२२ जना घाइते भएको र सबैलाई अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ७ जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ।
लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गर्दा भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो।