२०८० फागनु १३,आइतबार
दाङले— दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको अल्पाइन यूनिफर्म एण्ड स्पोर्ट्स हाउसले गरीव तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण गरेको छ ।
आफ्नो स्थापनाकालको ११ औं वर्षमा प्रवेश गरेको अवसरमा तुलसीपुर १२ मा रहेको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई पोसाका वितरण गरिएको हाउसका सञ्चालक नोबेल डिसीले बताए ।
उनका अनुसार उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ६ सम्मका ८ जना छात्रा र ८ जना छात्र गरी १६ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो ।वितरण गरिएको पोसाक करिब २५ हजार रुपैयाँ बराबरको रहेको सञ्चालक डिसीले बताए ।
स्थापना भएदेखि नै हाउसले गरिब तथा जेहन्दार विद्यार्थीहरुको पहिचान गरी यस्तो सहयोग गर्दै आइरहेको छ । पोसाक अभावकै कारण गरिब तथा जेहेन्दार विद्यार्थी विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्ने हेतुले आफुले सहयोगको हात अघि बढाएको सञ्चालक डिसीले बताए ।
उनले पोसाक वितरणको कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए ।सामाजिक क्षेत्रमा योगदान पुराउने सोचका साथ आफूले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै आएको डिसीको भनाइ छ ।विद्यालयका विद्यार्थीहरुलाई पोसाक वितरण गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारी र प्रधानाध्यापक राधा चौधरीले डिसीलाई धन्यावाद दिएका थिए ।
