२ पुस २०८१ मंगलबार
दाङ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत अवरुद्ध दाङको लमही—भालुवाङ सडक सुचारु भएको छ ।सोमबार बेलुका पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका १८ वर्षिय सोनु गुरुङको मृत्यू भएपछि आफन्तरुले मंगलबार दिउँसोबाट उक्त सडक अवरुद्ध गरेका थिए ।
अवरुद्ध सडक करिब पौने पाँच बजेबाट सुचारु भएको हो। मृतक पक्षलाई उचित क्षतिपूर्ति दिने सहमतिमा सडक सुचारु भएको हो। अहिले मृतकका आफन्त र सम्बन्धित निकाय बीच छलफल चलिरहेको छ।मृतकका परिवारले दोषीलाई कडा कारबाही र उचित क्षतिपूर्तिको दिलाउनु पर्ने माग राखेका छन । यहि विषयमा सहमति जुटाउने गरी दुवै पक्षबीच छलफल चलिरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।