२० श्रावण २०८० शनिबार
दाङः– प्रहरीले अवैध रुपमा सालको काँचो रुख काट्ने तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३३ बर्षिय देवराज बोटे, २७ बर्षिय कमलबहादुर माझी र २० बर्षिय अमरबहादुर माझी रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिईन् ।
उनीहरुले गढवा गाउँपालिका–४ स्थित सालझुण्डी सामुदायिक वनमा सालको रुख काटेर घप्पु बनाइरहेका अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख वलीले जानकारी दिए ।पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि सब डिभिजन वन कार्यालय गोवरडिहाको जिम्मा लगाइएको छ ।