२७ फाल्गुन २०७९, शनिबार
काठमाडौं । नेकपा एमालेले अष्टलक्षी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेको उक्त बैठकमा उपराष्ट्रपतिमा महिलालाई नै उठाउने मत आएपछि शाक्यलाई उम्मेदवार बनाउने निर्णय भएको बताइएको छ ।
उपराष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता गरिँदैछ । जसका लागि एमालेले उम्मेदवार छानेको हो ।
उता सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।
राष्ट्रपतिको निर्वाचन यही चैतको ३ गते हुँदैछ । त्यस्तै राष्ट्रपतिमा भने सत्ता गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।