बुधबार, फाल्गुन २४, २०७९
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि घरेलु टोलीको घोषणा भएको छ ।
बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।
टोलीमा यस अघि यूएई भ्रमणमा रहेका सन्दीप जोरा बाहेकका सबै खेलाडीलाई निरन्तरता दिईएको छ । यस त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।
टियु मैदानमा आयोजना हुने सो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ ।
मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।