२०८१ असार २० बिहिबार
काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा हुने जनाएको छ । महाशाखाले बिहिबार मौसम बुलेटिन जारी गर्दै आउँदो २३ गतेसम्मै मनसुन थप सक्रिय हुने र ठाउँठाउँमा भारी वर्षा हुने जनाएको हो । नेपालमा मनसुन न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने र मनसुन अझै सक्रिय हुने भएकाले वर्षा जारी रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।मुलतः पश्चिम नेपाल वर्षाबाट प्रभावित हुने जनाइएको छ ।
यो अवधिमा देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
यस्तो छ महाशाखाको बुलेटिन
