७ चैत्र २०७९, मंगलवार
सल्यान — सल्यानमा आगलागी हुँदा ५ जना घाइते भएका छन् ।जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको किराना पसलमा गयराति आगलागी हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ।
आागलागीमा परी पसल सञ्चालक कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
घाइतेहरुको मिसन अस्पताल रुकुम चौरजहारीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रेफर गरिएको खनालले जानकारी दिए।
घाइते ५ जना मध्ये शंकर, यज्ञ जीवन र संजिवको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।