शनिबार, कात्तिक २४, २०८१।सत्तारुढ दल नेकपा एमालेले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कुनै पनि दलसंग गठबन्धन नगर्ने भएको छ।एमालेको सचिवालय बैठकपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको बताए।उपमहासचिव ज्ञवालीले उपनिर्वाचनमा नेकपा एमाले एक्लै चुनाव लड्ने बताउनु भयो।
चुनावी गठबन्धन गर्ने विषयमा छलफल भएको छैन। एमालेले एक्लै उनिर्वाचन लड्छ। सत्ता साझेदार दलसँग स्वच्छ प्रतिस्वर्धा गर्छ,ज्ञवालीले भने। बैठकले उम्मेदवारहरूको टुंगो समेत लगाएको उनको भनाइ छ।
उपमहासचिव ज्ञवालीका अनुसार कीर्तिपुरको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास, नलगाड नगरपालिकाका उप प्रमुखमा सुनिता बोहोरा, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बोहोरा, सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाही, गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमालुंगेली शेर्पा र पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बन्ने भएका हुन्।