२१ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज शनिवार दर्शकलाई नचाउन र भरपुर मनोरञ्जन गराउन ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकार आउने भएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज ख्याती प्राप्त गायक रमेशराज भट्टराई, गायिका प्रिती आले, बाल गायक सुप्रिम मल्ल, डान्सर टिका जैसी, डान्सर अस्मिता कार्की, हाँस्य कलाकार भुवनेश्वर अधिकारीको बेजोड प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।
