फागुन १४,२०७९आइतबार
काठमाडौं —आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको आकलन गरिएको छ। आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहेको मौसम विभागले जनाएको छ ।