अरुणकुमार नेपाली
७ चैत २०७९ मंगलबार
दाङ—आज २१ मार्च अर्थात् अन्तराष्ट्रि जातीय विभेद उन्मूलन दिवस ।विभिन्न कार्यक्रमको आयोजना गरी ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशैभर मनाईदै छ ।
संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदैछ।
दिवसकै अवसरमा दाङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।तुलसीपुर उपमहानगरपालिकाको आयोजना एंव दलित अधिकारको पक्षमा काम गर्दै आइरहेका दर्जन बढी संघसंस्थाको सह—आयोजनामा कार्यक्रमको आयोजना गरिएको छ।‘अन्तराष्ट्रि जातिय छुवाछुत भेदभावका विरुद्ध प्रतिरोध गरौँ,सवैंधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन गरौ’भन्ने मुल नाराका साथ र्याली सहितको कार्यक्रमको आयोजना गरिएको दलित अधिकारकर्मी छवि परियारले जानकारी दिए।
नेपालको संविधानले जातिय भेदभाव तथा छुवाछुतजन्य कार्यलाई गम्भीर सामाजिक अपराध माने पनि त्यससंग सम्बन्धित घटनामा कुनै कमी आएको छैन ।
छुवाछूत अन्त्यका लागि कडा कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा अधिकारकर्मीले जोड दिदै आइरहेका छन् ।
नेपाललाई वि.स. २०६२ र ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।