शनिबार, कात्तिक २४, २०८१। नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सङ्ख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनाको कार्यान्वयन प्रथामिकतामा रहने बताएका छन । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताए ।
एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताए । चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मानजनक भएको उनले बताए।