फागुन ३,२०७९ बुधबार
दाङ—राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ आउदै छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्न उनी दाङ आउन लागेकी हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
२०७४ सालमा २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा आयुर्वेद शिक्षण भवनको निर्माण भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।
तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् ।नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए ।