१५ जेठ २०८० सोमबार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि आयोजनाको ठेक्का कात्तिक महिनाभित्र सकिसक्नुपर्ने व्यवस्था गरेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कात्तिक महिनाभित्र आयोजना ठेक्का लगाइसक्नुपर्ने बताए ।
कात्तिक महिनाभित्र ठेक्का नसकेमा उक्त आयोजनाको रकम रोक्का गरिने व्यवस्था गरिएको अर्थमन्त्री डा. महतले बताए ।