२ चैत्र २०७९, बिहीबार
ऐजेन्सी—उत्तर कोरियाले एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गरेको छ। दक्षिण कोरिया र जापानका नेताहरू टोक्योमा महत्त्वपूर्ण वार्ताका लागि भेट्ने तय गरिएको समयभन्दा केही घण्टाअघि मात्र प्योङ्याङले त्यसो गरेको हो।
जापानी र दक्षिण कोरियाली अधिकारीहरूले बिहीवार बिहानै लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेका छन्।त्यो झण्डै १,००० किलोमिटर हवाई दूरी तय गर्दै जापानको पश्चिमपट्टि समुन्द्रमा खसालिएको बिबिसीले जनाएको छ ।
एक साताभित्रै यो प्योङ्याङले प्रहार गरेको चौथो क्षेप्यास्त्र हो जुन अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरिरहँदा भएको छ।