२१ मंसिर २०८१,शुक्रबार
सप्तरी ।हत्या र अपहरण आरोपमा एक नवनिर्वाचित वडाध्यक्ष पक्राउ परेका छन।सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहलाई प्रहरीले पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ गरेको हो।
स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन् ।पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ।
गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।