९ बैशाख २०८०, शनिबार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले नराम्रो व्यवहारको प्रयोग भए उपनिर्वाचनपछि सत्ता गठबन्धनको स्वास्थ्य बिग्रन सक्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागि हुन जनकपुरधाम पुगेका खनालले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सत्ता गठबन्धन टिक्ने नटिक्ने कुरा उपनिर्वाचपछि दलहरुको व्यवहारले निर्धारण गर्ने बताएका हुन्।नेता खनालले मिलेर जाने कुरा बेग्लै भए पनि एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।
खनालले आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए। उनले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताए ।अर्को प्रसंगमा नेता खनाले नेकपा एस छोडेर आफू बिनाकारण एमालेमा नफर्ने बताए।नेकपा एमालेमा फर्किने हल्ला निराधार भएको उल्लेख गर्दै खनालले आफूले निर्माण गरेको पार्टी छोडेर कहि कतै नजाने स्पष्ट पारे ।