नेपालगंज- नेपाली उपभोक्ता संरक्षण महासंघ बाँके शाखाले आफ्नो वार्षिक कार्ययोजना तयार गर्ने भएको छ आज बसेको कार्यसमितिको बैठकले महासंघले आफ्नो क्रियाकलाप लाई अझै चुस्तदुरुस्त गर्न तथा आम उपभोक्ताहरुको हकहित संरक्षण का लागि बार्षिक कार्ययोजना निर्णय गरेको महासंघ बाँकेका अध्यक्ष डा. बिनोद कर्णले जानकारी दिनुभएको ।
महासंघले जिल्ला स्तरका सार्वजनिक सरोकार राख्ने निकायमा सुचिकृत गर्ने र बजार अनुगमन गर्ने समेत महासंघको वरिष्ठ उपाध्यक्ष बिन्दु चर्ती मगरले बताउनु भयो ।

महासंघले आम सर्वसाधारण नागरिकले भोग्नु परेको समस्या समाधानका महासंघ सधै तत्पर रहने र नियमित रुपमा सार्वजनिक सरोकार राख्ने सरोकारवाला निकाय संग सहकार्य गरि कामको थालनी गर्ने महासंघको उपाध्यक्ष सानु ओझाको भनाई छ ।
बैठकमा महासंघ बाँकेका सचिव शेखर थापा, कोषाध्यक्ष वाहिद हुसैन लगायतको कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।