१ चैत्र २०७९, बुधबार
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचन पनि बहिष्कार गर्ने भएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय भएको जानकारी दिए।
राप्रपाले यसअघि फागुन २५ गते भएको राष्ट्रपति निर्वाचन पनि बहिष्कार गरेको थियो। राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन्।