२९ कात्तिक, पोखरा ।
आफ्नो उम्मेदवारलाई सहयोग नगरेको आरोपमा गण्डकी प्रदेशका एक मन्त्री बर्खास्तमा परेका छन । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग आरोपमा मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारी सहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए । मुख्य मन्त्री पोखरेलले उक्त मन्त्रालय सम्हाल्ने गरी खड्कालाई बर्खास्त गरिएको प्रदेश प्रमुखकको कार्यालयले जनाएको छ ।कास्की९२ को प्रदेश सभा २ मा टिकटको आकांक्षी रहेका खड्काले टिकट नपाएपछि सो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्री समेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन् । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।