७ मंसिर २०८०, बिहीबार
धनकुटा । धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
धनकुटा नगरपालिका– १ को निगालेका ३५ वर्षीय टीका गुरुङ्ग, उनकी श्रीमती ३६ वर्षीया भीमा र ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
टीका घरभित्रै भुूण्डिएको अवस्थामा र श्रीमती तथा छोरा सुतिरहेकै अवस्थामा मृत फेला परेको धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
घरायासी वादविवादका कारण टीकाले श्रीमती र छोराको हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बधबार राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई भने टीका गुरुङ्गले छिमेकीलाई जिम्मा लगाएको प्रहरीको भनाइ छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।