काठमाडौं । पोखरा एभेन्जर्सले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित हात पारेको छ । १ सय ७१ रनको लक्ष्य १६ दशमलब ५ ओभरमा पूरा गर्यो । पोखराका लागि एन्ड्रियस गसले १ सय ४ र दिनेश अधिकारीले ६१ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ९५ रनको योगदान गरे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । यस्तै टम मुर्सले ४५ र सन्दीप जोराले १८ बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए ।