दाङ।नेकपा एमालेको तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।पार्टीको दोस्रो वडा अधिवेशन मार्फत पालिकामा रहेका १९ वडामध्ये वडा नं.६ बाहेक अरु सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।कार्यक्रमको तयारी नपुगेकाले तुलसीपुर वडा नं.६ मा भने नेतृत्व चयनमा ढिलाई भएको नेकपा एमाले तुलसीपुर नगर कमिटीले जानकारी दिएको छ।
नयाँ नेतृत्वका लागि आकांक्षीहरु धेरै भए पनि अन्ततःसबैको विचार,क्षमता र प्रतिभालाई एकिकृत गरी सर्वसम्मत रुपमा वडा कमिटीको नेतृत्व चयन गरिएको नेकपा एमाले तुलसीपुर नगर कमिटीका अध्यक्ष रुप बहादुर खत्रीले बताउनु भयो।अध्यक्ष खत्रीका अनुसार वडा नं.६ मा पनि केही दिनभित्रै सर्वसम्मत विधिबाट नेतृत्व चयन गर्ने तयारी छ।
‘नेतृत्वको लागि यसपटक पनि थुप्रै साथीहरु आकांक्षी हुनुहन्थ्यो।हामीले सबैको भावनालाई उच्च कदर गर्दै पदाधिकारीमा समावेश गर्ने काम गरेका छौ,’नगरक कमिटी अध्यक्ष खत्रीले भन्नुभयो,‘सर्वसहमतिको विधिबाट नेतृत्व चयन गर्दा पार्टीमा एकताको नजिर स्थापित भएको छ।’
विगतमा जस्तै अहिले पनि सबै वडा कमिटीहरुमा पार्टीलाई विधि विधानसम्मत गतिशिलता दिन सक्ने नेतृत्व चयन भएको अध्यक्ष खत्रीले बताउनु भयो।नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया र सर्वसहमतिको दुवै विधि लोकतान्त्रिक विधि भएको बताउदै अध्यक्ष खत्रीले पार्टी एक ढिक्का छ भन्ने सन्देश प्रवाह गर्न सर्वसम्मत रुपमा वडा कमिटीहरु निर्माण गरिएको बताउनु भयो।
‘लोकतन्त्रमा सबै भन्दा उत्तम विधि सर्वसम्मत हो,सर्वसम्मत नभए निर्वाचनबाट नेतृत्व छान्ने प्रक्रिया त हुन्छ,’अध्यक्ष खत्रीले भन्नु भयो,‘तर हामीले पार्टी एक ढिक्का छ भन्ने सन्देश प्रवाह गर्नका लागि सर्वसम्मत विधि अपनायौ र सहमतिमै नेतृत्व चयन गर्यौ।’तुलसीपुरका वडाहरुमा सम्पन्न अधिवेशनले आम पार्टी कार्यकर्ताहरुमा नयाँ जागरण पैदा गरेको समेत अध्यक्ष खत्रीले बताउनु भयो।