माघ २२,२०८१ सोमबार
दाङ। नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रको बैठक सोमबार घोराहीमा सम्पन्न भएको छ । बैठकले फागुन ५ गते प्रधानमन्त्री केपि शर्मा वलीको उपस्थितिमा हुने जनसभाका लागि कार्ययोजना पास गरेको छ।नेकपा एमाले दाङका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरूलाल चौधरीको प्रमुख आतिथ्यमा बैठक भएको हो ।
बैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि चौधरीले नेता जनपक्षीय र कार्यकर्तामा आधारित हुनुपर्ने भएकोले जनतालाई बुझाएर फागुन ५ को सभा सफल बनाउन लाग्न जनसंगठनका प्रमुखहरूलाई निर्देशन दिए । उनले नेकपा एमालेले सञ्चालन गर्न थालेको जरा अभियानमा पार्टीको नीति विचार बुझाउदै सदस्यता बृद्धि,नवीकरण तथा मिसन ८४ को आधार तयार पार्ने कार्यमा सवै नेता कर्ता परिचालित हुनुपर्ने बताए।त्यस्तै केन्द्रीय सदस्य जीवन गौतमले पार्टिलाई सवै जनताको माझमा पूर्याउन टोल टोल वस्ति वस्तिमा पुगेर संगठन निर्माण गर्न निर्देशन दिए ।
उनले आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीको उपस्थितिमा हुने विशाल जनसभामा उल्लेख जनताको उपस्थिति गराउन आवश्यक कार्ययोजना बनाएर लाग्नुपर्ने बताए।नेपाल बुद्धिजीवी परिषदमा अध्यक्ष विकास गौतमको स्वागत मन्तव्यबाट सुरू भएको बैठकमा पार्टीका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीले जनसंगठनले फागुन ५ गतेको सभामा गर्नुपर्ने कामका वारेमा कार्ययोजना प्रस्तुत गर्दै सोही अनुसार काम गर्न निर्देशन दिए। सो अवसरमा नेकपा एमाले प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य,पार्टीका जिल्ला अध्यक्ष शिवकुमार आचार्य,पार्टीका पूर्व अध्यक्ष तथा भूमि आयोग दाङका अध्यक्ष हुकुम बहादुर वस्नेत लगायतले पार्टीले सञ्चालन गर्न थालेको जरा अभियानका वारेमा जनसंगठनले खेल्ने भूमिकामा वारेमा जानकारी दिए ।
सो बैठकमा भूमि आयोग दाङका अध्यक्ष हुकुम बहादुर वस्नेत, २०८१ सालभित्र जनसंगठनको अधिबेशन मार्फत चुनिएर आएका नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष गोकर्ण वलि,अनेरास्ववियुका अध्यक्ष प्रदिप वस्नेत,प्रेस चौतारीमा अध्यक्ष सुधासुमन ढकाल,उपाध्यक्ष विमल योगी,सचिव निमुसंगम घर्ती,नेपाल राष्ट्रिय उद्योग व्यावसायि महासंघका अध्यक्ष नरेश राज भण्डारी सम्मान समेत गरिएको थियो ।बैठकको सहजिकरण संयन्त्रका माधव वलीले गरेका थिए।