फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले आफूहरू खेलमा फर्कने बताएका छन् । हिजाे आइतवार राति भएकाे विश्व कप फुटबलकाे फाइनल खेलमा अर्जेन्टिनासँगकाे हारपछि आज साेमवार ट्वीट गर्दै एम्बाप्पेले यस्ताे बताएका हुन् ।
पेरिस सेन्ट जर्मेइनका २३ वर्षीय स्ट्राइकरले प्रतियाेगितामा आठ गाेल गर्दै गाेल्डेन बुट जिते जसमा फाइनल खेलमा गरेकाे ह्याट्रिक पनि सामेल छ र देशलाई लगातार दाेस्राे उपाधि जिताउन नसकेकाेमा आफूलाई दुर्भाग्यशाली मान्न सक्छन् ।
यही लय कायम राखेमा एम्बाप्पे सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकाेमा हुने विश्व कपमा स्टारका रूपमा तेस्राे पटक देखिनेछन् ।