१३ असार २०८०, बुधबार
काठमाडौं : एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाइल्याण्डलाई २२५ रनले पराजित गरेको छ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो।
२७० रनको लक्ष्यका मैदानमा उत्रेको थाइल्याण्डले १३ ओभरमा ४४ रनमा अलआउट भएको हो।
नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनलमा पुगेको छ भने थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो।