नेपालगंज- पुस ५ गते देखि नेपालगंजमा सुरु भएको कृषि महोत्सवको उद्घाटनमा बालबालिका प्रोयगको बिषय लाई लिएर मेला संचालक एजी सर्भिस प्रालि संग सो को लिखित स्पष्टिकरण माग गर्ने स्थानीय बालअधिकार समिति नेपालगंज उपमहानगरपालिकाले निर्णय गरेको छ
बालअधिकारकर्मी तथा समितिका सदस्य साहिल् अन्सारीले दिएको उजुरी माथि छ्लफल गर्दै सो निर्णय गरिएको हो
मेला महोत्सवमा बालबालिका लाई सहभागी नगराउने भन्दा पनि आयोजकले सहभागी गरेको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताउनुभयो
बैठकमा बोल्दै नगर उपप्रमुख कमरुद्दीन राईले यस बिषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै यस बिषयमा सजग हुनुपर्ने र आउने दिनमा यस्ता किसिमका गतिबिधि रोक्न जरुरि रहेको बताउनुभयो
बैठकमा बालअधिकारकर्मी साहिल अन्सारीले बोल्दै भन्नुभयो: यसरि मेला महोत्सवमा बालबालिका प्रयोग गर्नु बालबालिका सम्बन्धि ऐन बिपारित रहेको बताउनुभयो
बैठकमा महिला तथा बालबालिका शाखा प्रमुख,स्वास्थ्य शाखा प्रमुख, गै.स.स.बाँकेका अध्यक्ष तथा बिभिन्न संस्था,बालक्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो