३० श्रावण २०८०, मंगलवार
काठमाडौं : कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
कक्षा-१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।
बोर्डले नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने जनाएको छ।
