माघ २९,२०८१ मंगलबार
दाङ।दाङमा खाना पकाउने क्रममा कपडामा सल्किएको आगोमा जलेर एक जनाको मृत्यु भएको छ।आगलागीबाट तुलसीपुर उपमहानगरपालिका १० सक्राम निवासी ६४ वर्षीया ईश्वरी वलीको जलेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाका अनुसार गत माघ २१ गते बिहान करिब ७ बजेतिर घरमै खाना पकाउने क्रममा वलीले लगाएको कपडामा आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन।आगलागीबाट वलीको पेटदेखि घुँडासम्मको भाग जलेको थियो।आगोबाट जलेकी वलीलाई तुलसीपुरको चिनारी अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको थियो ।तर बुटवलमा उपचार सम्भव नभएपछि काठमाण्डौको कीर्तिपुर अस्पताल पठाइएको थियो।
त्यहाँ पनि उपचार हुन नसकेपछि वलीलाई सोमबार काठमाण्डौबाट फर्काइ पुनः उपचारका तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। वलीको आज बिहान ७ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।