१८ असार २०८० सोमबार
दाङ — जर्बजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएका पाँच वर्षदेखि फारार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ जिल्ला गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा बस्ने बर्ष ३९ का कृष्णकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा सोमबार इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिए ।
विसं २०७५ असार ५ गते दाङ जिल्ला अदालतले चौधरीलाई जबर्जस्ती करणी गरेको आरोपमा २ वर्ष ५ महिना ४ दिन कैद सजाय सुनाएको थियो ।त्यसयता चौधरी फरार थिए ।
अभियुक्त चौधरीलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराई कारागारमा पठाइने छ ।