५ असार २०८० शुक्रबार
दाङः— दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको देउखुरी लमही नगरपालिका –३ मिलन चोक निवासी रुपनी चौधरी रहेकी छन् ।
करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।चौधरीको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा लगिएको छ।