२०८१ जेठ १२ शनिबार
दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ बेलुवाका ४५ वर्षीया जगन्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।प्रहरीका अनुसार शुक्रबार राति आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।