६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०२ मत पाए भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।