गैरसांसद मन्त्री बनेका गोविन्दप्रसाद शर्मा (कोइराला)को कार्यकाल सकिएको छ।
संवैधानिक प्रावधानअनुसार गैरसांसद व्यक्ति छ महिनासम्म मन्त्री बन्न पाउँछन्। शर्मा २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका थिए।
उनी पदमुक्त भएपछि खाली भएको उक्त मन्त्रालयको जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकेकी छन्।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्।
जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए।
