
सप्तरी- राजविराज कारागारमा एकजना कैदी मृत अवस्थामा फेला परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय देबेन्द्र मण्डल आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
मण्डल बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थिए । मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको राजविराज कारागारले जनाएको छ ।
१५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी जीवन विताईरहेका थिए ।
जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको थिए ।