
९ बैशाख २०८०
नेपालगञ्ज —बाँकेमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराइरहेका राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको कोभिड भाइरस सङ्क्रमणबाट शनिबार मृत्यु भएकोअस्पतालका प्रमुख डा. प्रकाश थापाले जाानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो। उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो। विरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ।