३ चैत्र २०७९, शुक्रबार
काठमाडौं ।नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् ।
फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन २६ गतेदेखि चैत १ गतेसम्म ८४ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र छ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय सङ्क्रमित बढेको बताए।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ।