१७ जेष्ठ २०८०, बुधबार
विराटनगर —जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।पार्टीको बुधबार बसेको प्रदेश समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
जसपबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्रीमा छिन् । उनलाई आज नै सरकारबाट फिर्ता बोलाउने तयारी गरिएको पार्टीका प्रदेश कमिटी अध्यक्ष दीपक याख्खाले जानकारी दिए ।
लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन्।
‘जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरु गरेको छ। गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार मुख्यमन्त्री नियुक्त भएका थिए।