१३,पौष २०७९ बुधबार
दाङ—तुलसीपुर उपमहानगरपालिका वडा १३ मा रहेको फूलबारी युवामञ्चले क्यान्सर पीडित संजय विटालुलाई आर्थिक सहयोग गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरी क्यान्सर पीडित सोही ठाउँ निवासी विटालुलाई नगद १५ हजार रुपैया सहयोग गरेको हो । आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएपछि उक्त सहयोग गरिएको युवामञ्चका अध्यक्ष मोहनलाल पौडेलले बताउनु भयो । मञ्चका अध्यक्ष पौडेल सहित सचिव नरेश भण्डारी सदस्य सागर नेपालीका बुवा बालाराम नेपाली सदस्य सुवाश नेपाली र शंकर नेपालीले उक्त सहयोग रकम संयूक्त रुपमा पीडित विटालुलाई हस्तान्तरण गर्नु भएको थियो ।पीडित विटालुले हाल चितवन क्यान्सर हस्पिटलमा उपचार गराउदै आउनु भएको छ ।वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा रहेका नेपाललीहरुबाट संकलन गरिएको रकम क्यान्सरपीडित विटालुलाई सहयोग गरिएको अध्यक्ष पौडेलले कार्यक्रममा जानकारी गराएका थिए ।‘जहाँ समस्या,त्यहाँ फूलवारी युवा मञ्च’भन्ने मुल मन्त्रका साथ युवा मञ्चले विभिन्न समस्यामा परेका नागरीकहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ । मञ्चमा अध्यक्ष पौडेलकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका सदस्य मधु नेपालीले गर्नु भएको थियो ।