
फाल्गुन १५ बाँके।खजुरामा एक महिने निःशुल्क हलुका सवारी चालक (कार जिप) ड्राईभिङ तालिम आजबाट सुरु भएको छ ।
खजुरा गाउँपालिकाका आठ वटै वडाका ८० भन्दाबढी युवा युवतीहरुलाई तालिम प्रदान गरिने खजुरा गाउँपालिका लघु उद्यम शाखा प्रमुख आशा चाैधरीले जानकारी दिईन ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर वि क (तुफान)ले गाडी चलाएर एक महिने निःशुल्क हलुका सवारी चालक (कार जिप ) ड्राईभिङ तालिमकाे उद्घाटन गर्नुभयो । दक्ष जनशक्ति उत्पादन गरी बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएकाे हाे।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष वि.क ले आत्मनिर्भर र स्वाबलम्बी बन्न तालिम उपयोगी हुने भन्दै चासो र उत्सुकतापूर्वक सहभागी भई सीप सिक्न आग्रह गर्नुभयो । उनले सिकेको सीपलाई भविष्यमा व्यवहारिक जीवनमा लागू गर्ने गरी मनस्थिति बनाउनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जीवनोपयोगी सीपले उद्यमशील बन्न सहयोग गर्ने बताए । सीप सिकेर मात्र नहुने भन्दै उनले जानेका कुरालाई
व्यवहारमा उतार्नुपर्नेमा जोड दिदै तालिममा इमान्दार र अनुशासनपूर्वक सहभागिता जनाउन आग्रह गरे । तालिममा महिला,मद्येसी,मुस्लीम, दलित, आदिबासी जनजाती र पछाडी परेका वर्गलाई विशेष प्राथमिकता दिईएको आयोजकले जनाएको छ ।